जेठ ११ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले देशमा चुनावको वातावरण बनाउनकै लागि भए पनि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन इलामले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले कार्यपालिका र न्यायपालिकामा एउटै व्यक्ति रहन नहुने भन्दै साना दलहरूले आन्दोलन गरिरहेको अवस्थामा देशमा चुनाव गराउने वातावरण निर्माण गर्न अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पद त्याग्न तयार हुनुपर्ने बताए ।
काँग्रेस सभापति कोइरालाले भन्नुभयो– “रेग्मीका कारणले चुनावी वातावरण बिथोलिएको देखिएको छ । त्यसैले रेग्मीले प्रधानन्यायाधीशबाट तत्काल राजीनामा दिएर सबै दललाई निर्वाचनमा ल्याउने वातावरण बनाइ दिनुपर्छ ।”
गत फागुन अन्तिममा काँग्रेससहित चार दलीय सहमतिअनुसार गठन भएको वर्तमान सरकारका क्रियाकलापप्रति असन्तुष्ट देखिएका कोइरालाले संविधानसभा निर्वाचनको वातावरणका लागि सबै दल निर्वाचनमा भाग लिनुपर्छ भने ।
माओवादीसहित सबै दलले चुनाव बहिष्कार गर्न चाहेका छैनन् तर, उनीहरूले न्यायपालिका र कार्यपालिकामा रहेका खिलराज रेग्मीलाई बाधक ठानेका छन्, यसैले पनि रेग्मीले निकास दिनका लागि बाटो खुला गरिदिर्ने उनको भनाई छ ।
Powered by Blogger.
कांग्रेसको अर्थपूर्ण र गम्भीर बोली- 'रेग्मीले राजीनामा दिनुपर्छ'
प्रकाशित मिति:
May 25, 2013