उमेश निउरे, दोहा – कतार नेपाली एकता समाजले कतारमा निधन भएका पुजा ६ धारावारी प्युठानका वोम वहादुर सुनारका परिवारजनलाई आर्थिक सहयोग गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका सुनारको सन् २०१२ नोभेम्बर १५ का दिन कार्यरत रहेकै कम्पनीको क्याम्पमा साँझ खाना खाँदै गर्दा अचानक वेहोस भएर अकस्मात निधन भएको थियो । ततप्रश्चात कतार नेपाली एकता समाजको पहलकदमीमा मृतक सुनारका परिवारजनलाई प्रदान गर्नका लागि आर्थिक संकलन गरिएको थियो । समाजले ४१५३÷– कतारी रियाल संकलन गरेको थियो । संकलित सोही रकम राजमोका केन्द्रिय सल्लाहकार विमल शर्मा मार्पmत मृतक सुनारका परिवारजनलाई बुझाएको हो ।
उक्त रकम मध्य मृतक वोम वहादुरकी जिवनसंगिनी गिता सुनार मार्पmत परिवारजनलाई नगद रु. ३९५००/– प्रदान गरियोको थियो भने रु. ५९२८५/– नावालक छोरा (३ वर्षका) रविन विकले वयस्यक भए पछि पाउने गरी छोरा रविन र श्रीमती गिताको नाममा संयुक्त खाता खोली वैंकमा राखी दिएको कतार नेपाली एकता समाजका महासचिव हेमन्त वाइवाले बताएका छन् ।
Powered by Blogger.
एकता समाज कतारद्धारा मृतकका परिवारजनलाई सहयोग
प्रकाशित मिति:
May 25, 2013