द्वन्द्वग्रस्त लिबियामा १९० नेपाली अलपत्र
साउन ३१ । परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त उत्तर अफ्रिकी राष्ट्र लिबियामा अलपत्र पर्ने नेपालीको संख्या १ सय ९० रहेको बताएको छ।
तीमध्ये ५४ जना उद्धारपश्चात शुक्रबार राति र शनिबार काठमाडौं आइपुग्ने जनाएको छ। उद्धार गरिएकाहरु ट्युनिसियाको राजधानी ट्युनिसबाट काठमाडौंतर्फ उडिसकेका छन्।
‘लिबियामा १ सय ९० जना नेपाली रहेको जानकारी इजिप्टस्थित नेपाली दूतावासले गराएको छ। यीमध्ये ५४ जना नेपाल फर्कने क्रममा छन्, शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य तथा पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख प्रकाशकुमार सुवेदीले भने, ‘लिबियामा निकै अफ्ठेरो भएकोले नेपालीका बारेमा सूचना संकलन गर्न कठिनाइ परेको छ।'
परराष्ट्रका अनुसार अलपत्र पर्नेमध्ये १ सय २६ जना त्यहाँस्थित कोरियन कम्पनी दोसानमा काम गर्छन्। शुक्रबार राति र शनिबार नेपाल आइपुग्ने ५४ जना यिनैमध्ये भएको जनाइएको छ। उनीहरुलाई लिबियाबाट ट्युनिसिया ल्याई नेपाल फर्काइएको हो। कोरियन कम्पनीमा कार्यरत बाँकी अन्य नेपाली भने अहिले लिबियाको राजधानी त्रिपोलीमै रहेको परराष्ट्रले जनाएको खबर नागरिकमा छ ।
राजधानी त्रिपोलीमा अन्य ९ जना नेपाली चार महिनादेखि अलपत्र रहेको परराष्ट्रले जनाएको छ। यस्तै, बेंगाजीमा १० र त्रिपोलीकै छेउछाउमा अन्य १५ जना नेपाली छन्। जाओराको एक पेट्रोल पम्पमा कार्यरत ३० नेपाली पनि इजिप्टस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्।
‘त्रिपोलीस्थित भारतीय दूतावास, ट्युनिसियास्थित आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) समन्वय गरेर नेपालीको उद्धार कार्य भइरहेको छ, सुवेदीले भने, ‘आन्तरिक द्वन्द्वका कारण अहिले लिबियाका सम्पूर्ण विमानस्थल बन्द छन्। उद्धार गरिएकालाई ट्युनिसिया ल्याएर मात्र नेपाल उडाउनुपर्ने अवस्था छ।ु बाँकी नेपालीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गरिदिन काठमाडौंस्थित दक्षिण कोरियाली दूतावाससँग कुराकानी भएको सुवेदीले बताए।

प्रकाशित मिति:
August 16, 2014