लाखौँ मानिसद्धारा धमाधम फेसबुक एकाउन्ट बन्द
जेठ १ । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुमा सोसियल सञ्जाल फेसबुकको क्रेज घटेर जान थालेको छ । विभिन्न कारण लाखौँ फेसबुक प्रयोगकर्ताहरुले फेसबुक बन्द गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।
सामाजिक नेटवकिंग क्षेत्रमा तिब्र प्रतिस्पर्धाबीच इन्स्टाग्राम, मोबाइल ऐप्लिकेशन पाथ, ट्विटर जस्ता नयाँ सोसियल साइट आएपछि इन्टरनेट प्रयोगकर्ताहरुको फेसबुकप्रति क्रेज घटेर गएको बताइएको छ ।
त्यसका अलवा, फेसबुकमा गोपनियता, अनावश्यक ट्याग, पेजमा फेसबुकको टर्म एण्ड कन्डिसन, बेला बेलामा टाइमलाइन चेन्ज भईरहने तथा कतिपय प्रयोगकर्ताहरुद्धारा अश्लिलता देखाएका कारण पनि मानिसहरुले फेसबुक बन्द गरेको हुनसक्ने बताइएको छ ।
सुरु सुरुमा फेसबुकको प्रयोग दु्रत गतिमा बढेर गएको भए पनि अनावश्यक फोटोहरु ट्याग हुने, फेसबुक पेजबाट सिमिततामा मात्रै पोष्ट गरिएका सामग्री पुग्ने, पटक पटक ह्याक भईरहने हुँदा मानिसहरु फेसबुकबाट टाढिन थालेका हुन् ।
अमेरिका र ब्रिटेनमा मात्र लाखौँ मानिसहरुले आफ्नो फेसबुक एकाउन्ट डिएक्टीभेट गरेको अनुसन्धानहरुले देखाएको छ । साथै अन्य लाखौँ संख्यामा मानिसहरुले भने फेसबुक प्रयोग कम चलाउन थालेका छन् ।
सोसियल नेटवकिंगबारे अनुसन्धान गर्दै आएको सोशल ब्रेकरले गत महिना मात्र अमेरिकामा फेसबुक प्रयोगकर्ताको संख्यामा ६० लाख र ब्रिटेनमा २० लाख भन्दा बढी प्रयोगकर्ताहरु कम भएको रिपोर्ट सार्वजनिक गरेको छ ।
विगत ६ महिनामा अमेकिारमा फेसबुकका ९० लाख प्रयोगकर्ता र ब्रिटेनका २० लाख भन्दा धेरै प्रयोगकर्ताहरु कम भएको बताइएको छ ।
त्यस्तै विकसित देशहरु क्यानडा, जर्मनी, जापान, फ्रान्स लगायत थुप्रै देशहरुमा पनि फेसबुक प्रयोगकर्ता घटेर जान थालेका छन् ।
यसको पुष्टि नेपालमा विभिन्न पेजहरु चलाएर बसेका एडमिनहरुको भनाईहरुबाट प्रष्ट हुन जान्छ । उनीहरुले आफ्नो पेजबाट दैनिक १, २ सय लाइकर घटेर जान थालेका गुनासो गर्ने गरेका छन् ।

प्रकाशित मिति:
May 15, 2013