• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » यसरी गुम्दैछ चर्चित गायक रामकृष्ण ढकालको घर
यसरी गुम्दैछ चर्चित गायक रामकृष्ण ढकालको घर

बैशाख २१ । गायक रामकृष्ण ढकालको भैँसेपाटीस्थित कित्ता नम्बर ३८२ र ३८३ को ८७.४४.२००.७१ वर्गकिलोमिटर क्षेत्रफल जग्गा र त्यसमा बनेको घर लिलामीको लागि दैनिक पत्रिकामा सुचना सार्वजनिक भएसँगै घर लिलामीमा जाने सम्भावना बढेको छ ।

बैंकबाट लिएको ऋण तिर्न आनाकानी गरेपछि लोकप्रिय गायक ढकालको घर लिलाम हुने भएको हो ।

अब उक्त सुचना सार्वजनिक भएको ३५ दिनभित्र ऋण चुक्ता नगरे उनको घर लिलाम हुने भएको हो ।

श्री लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाले ढकालको भैंसेपाटीस्थित घर लिलाम गर्न बिहीबार एक दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशित गरेको छ ।


तर, यहाँ उनको घर लिलामीका लागि सूचना सार्वजनिक भए पनि गायक ढकाल भने अहिले युरोपमा छन् । उनी एक हप्ताअघि नै सांगीतिक कार्यक्रमका लागि बेल्जियम गएका हुन् । उनी  त्यहाँबाट जर्मनी, होल्यान्ड र फ्रान्स जाने कार्यक्रम रहेकाले तीन महिनापछि मात्रै स्वदेश फर्कने कार्यक्रम भएको बुझिएको छ ।


तर, सहकारीले दिएको ३५ दिनको म्यादभित्र ऋण चुक्ता नगरे उनी फर्कदा घरजग्गा भने लिलाम भइसक्नेछ । सहकारीले जारी गरेको सूचनाअनुसार ऋण चुक्ता नगरे आगामी २३ जेठमा ढकालको घरजग्गा लिलाम गरिनेछ ।

गायक ढकाल अहिले देश बाहिर भए पनि उनकी श्रीमती तथा अन्य परिवार नेपालमै रहेकाले सहकारीको ऋण चुक्ता गरेको ठाउँमा भने उनको घर लिलाम हुनबाट बाँच्नेछ । एउटा चर्चित गायकले पैसा नभएरै ऋण नतिरेको हो कि या त भएर पनि तिर्न आनाकानी गरेको हो भन्नेबारे भने खुलेको छैन ।

ढकालले तीन वर्षअघि घरजग्गा धितो राखी लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाबाट आफ्नी पत्नी निलमका नाममा एक करोड ऋण लिएका थिए । सम्झौताबमोजिम समय–समयमा तिर्नुपर्ने साँवा, ब्याज, अतिरिक्त ब्याजलगायत अन्य दस्तुर तिर्न आनाकानी गरेपछि लिलामीको सूचना जारी गरिएको सहकारीको भनाई छ ।

ढकालको घरजग्गाको हालको मूल्य करिब दुई करोड बराबर हुन्छ । लालीगुराँसलाई तिर्नुपर्ने रकम भने डेढ करोड बराबरको मात्रै रहेको बताइएको छ ।

प्रकाशित मिति: May 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |