यसरी कमाउन सकिन्छ इन्टरनेट चलाएर पैसो !
बैशाख । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय इन्टरनेटबाट गरिने व्यापार व्यवसाय निक्कै फस्टाएर गएको छ । यसबाट सूचना जानकारी तथा मनोरञ्जनात्मक अनलाइन तथा ब्लगहरु समेत बाहिर रहन सकेका छैनन् । पछिल्लो समय शहर केन्द्रित हरेक व्यक्तिसँग ल्यापटप, ट्याब अनिवार्य जस्तै छन् । त्यस्तै मोबाइलबाट पनि सुचना जानकारी छिटो पाउन त्यसैको प्रयोग गरिएपछि यसको महत्व ह्वात्तै बढेको छ ।
यसको प्रयोग बढेसँगै पछिल्लो पटक यो आर्थिक पाटोका रुपमा पनि निक्कै अघि बढेको छ । अनलाइनमार्फत ठू-ठूला व्यापार व्यवसाय गरिएका छन् । हरेक ठूला कम्पनीहरुले अनलाइन चलाएका छन् । अनलाइनमार्फत नै सपिंग गर्न थालिएको छ । अझ सूचना जानकारी तथा मनोरञ्जनको क्षेत्रमा यसले फड्को नै मारिसकेको छ ।
यसरी बढ्यो अनलाइन पत्रकारिताको क्रेज
विश्वको एउटा कुनामा भएको घटना अनलाइनमार्फत तत्काल विश्वको अर्को जुन सुकै कुनामा पनि तत्काल थाहा पाउन सकिने यो जस्तो सहज प्रविधि नभएकाले यसले उच्च महत्व बोकेको छ । अन्य मिडिया भन्दा यो कम खर्चिलो छिटो छरितो तथा सहज भएकाले र पत्रपत्रिका, रेडियो टिभी सबैको काम एकै पटक यसबाट गर्न सकिने भएकाले अनलाइन पत्रकारिताको क्रेज बढेको हो ।
कसरी कमाउने त अनलाइनबाट पैसा
यसको तिब्र प्रयोगसँगै यसले एउटा उद्योगको रुपमा पनि विकसित हुँदै गएको छ । विशेषतः अनलाइन पत्रकारितामा अन्य मिडिया जस्तै समाचार दिइने भएकाले यसलाई अरुले समाचार जानकारी तथा मनोरञ्जनका लागि नै प्रयोग गर्ने गर्दछन् । त्यसो हुँदा एउटा अनलाइनमा दैनिक ५० हजार भिजिटर आउँछन् भने विज्ञापनदाताहरु उनीहरुलाई लक्षित गरी विज्ञापन गर्न चाहन्छन् । पहिलो कुरा अनलाइनले कमाउने भनेको यसरी नै हो । अनलाइनबाट राम्रा राम्रा सुचना जानकारी र मनोरञ्जनात्मक कुरा दिने अनि भिजिटर बढाएर विज्ञापनदाताको ध्यान तान्न सके एउटा सेवामुखी काम मार्फत सस्था चलाउन पनि सकिन्छ । तर नेपालमा अनलाइनलाई विज्ञापन दिने संस्कार बसीसकेको छैन । यद्यपी नेपालमा पछिल्लो समय यसको ट्रेन केही रुपमा आउन थालेको हो कि भन्ने भान हुन थालेको छ ।
यसैगरी, अनलाइन चलाउनेहरुले विभिन्न अनलाइन एड एजेन्सीमार्फत पनि पैसा कमाउन सक्छन् । ती अनलाइन एजेन्सीहरु गुगल एडसेन्स, बाईसेल एड, याहुबिंगएड, बिडभर्टाइजर, चिटिका आदी हुन् । यी मध्ये सबैभन्दा राम्रो विश्वासिलो र भरपर्दो भने गुगल कम्पनीद्धारा सञ्चालित एडसेन्लाई मान्न सकिन्छ ।
यसो गर्न सकिन्छ एडसेन्सबारे
गुगल एडसेन्स नेपाली भाषालाई दिँदैन । तर, अंग्रेजी कन्टेन्ट भएको ब्लग वा साइटमा चलाएर नेपाली साइटमा भने लिन सकिन्छ । सबै नेपाली साइट तथा ब्लगले पनि गर्ने यस्तै हो ।
जसका लागि पहिले एउटा अंग्रेजी साइट नै चलाउनुपर्छ । चलाएको छोटो समयमै एप्लाई गर्न सकिन्छ ।
अनि गुगले रिभ्युई गरि निवेदन स्वीकृत गरेको खण्डमा मात्रै पैसा आउने हो उसले निवेदन स्वीकृत गरेपछि पोष्ठबक्समा भेरिफिकेशनको चिठी पठाउँछ त्यो मिलेपछि भने उसले पैसा वेस्टर्न युनियन मार्फत वा अन्य कुनै माध्यमबाट पठाउँछ ।
कसरी जम्मा हुन्छ त पैसा
जब गुगलले हामीले पठाएको निवेदन स्वीकृत हुन्छ । त्यसपछि हामीले साइज अनुसारको कोड आफ्नो साइटमा हालेपछि विज्ञापन भने कम्पनीको नियमानुसार आउने गर्छ । जुन विज्ञापनमा भिजिटरले क्लिक गरेबापत पैसा जम्मा हुने हो र निश्चित उसले तोकिदिए बराबर पुगेपछि भने पठाउने गर्छ । तर हामीले सुने भने जस्तो सहज भने छैन । यद्यपी, निरन्तर मेहनत गरिरहने हो भने र भिजिटर पनि सोही अनुकुल ल्याउने सकेमा भने ठिक्कै मान्न सकिन्छ । तर धेरैले सुनेको भरमा काम थाल्ने र बिचैमा गएर अलमलिएका उदाहरणहरु भने सयौँ भेटिने गरेका छन् ।
गुगलले एडका लागि स्वीकृत गर्ने भाषाहरु:
http://support.google.com/adsense/bin/answer.py?hl=en&answer=9727
गुगलमा एडका लागि गरिने Process भने यस्तो छ:
http://support.google.com/affiliatenetwork/publisher/answer/156883?hl=en
विज्ञापनका लागि यहाँबाट निवेदन दिन सकिन्छ :
https://www.google.com/adsense/v3/signup?utm_content=nsufv1

प्रकाशित मिति:
May 04, 2013