चर्पी नबनाउनेलाई गाविसको सुविधा नदिइने
जेठ १० । बाँके जिल्लास्थित परस्पुर गाविसको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले शौचालय नबनाउनेलाई गाविसबाट प्रदान गरिने सेवा सुविधा नदिने निर्णय गरेको छ ।
परस्पुर गाविसलाई खुल्ला दिसामुक्त बनाउन गाविसले उक्त निर्णय गरेको हो । खुल्ला दिसामुक्त गाविस बनाउन गाविसले आचारसंहितासमेत बनाएको छ ।
शौचालय नबनाउने परिवारलाई गाविसबाट प्रदान गरिने कुनै पनि सेवा नदिने, खुल्लारूपमा दिसा गर्नेलाई जरिवाना गरिने आचारसंहितामा उल्लेख छ ।
खुल्लारूपमा दिसा गरेको पाइए पहिलोपटक रु एकसय, दोस्रो पटक रु दुई सय ५० र तेस्रो पटक रु ५०० जरिवना गरिने गाविसले जनाएको छ ।
शौचालय बनाउन पटकपटक आग्रह गरिए पनि सर्वसाधारणले नमानेपछि सेवा सुविधाबाट वञ्चित गर्ने नीति लिनु परेको गाविस सचिव पर्शुराम शुक्लाले जानकारी दिए ।
प्रकाशित मिति:
May 24, 2013