जेठ १० । प्रेमीलाई खुसी पार्न काखमा हुर्काउँदै गरेको ११ महिने छोरालाई जङ्गलमा छाड्ने एक निष्ठुरी आमाका विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
एघार महिने छोरा भिष्म पौडेललाई जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिन म्याद थपेको छ । म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताए ।
मीनाका विरुद्ध उनका श्रीमान् कृष्णबहादुर पौडेलले आफ्नो ११ महिने छोरालाई जङ्गलमा छाडेर मार्ने प्रयास गरेको जाहेरी प्रहरीमा दिएका छन् ।
मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जङ्गलमा मङ्गलबार दिउँसो ४ बजे छोरालाई छाडेर मीना फलेवासमा प्रेमीसँग रात बिताउन गएकी थिइन् ।
जङ्गलमा फालेको २० घण्टापछि प्रहरीले आफन्तको सहयोगमा बच्चालाई जीवितै उद्धार गरेको थियो ।
Powered by Blogger.
प्रेमीलाई खुसी पार्न छोरालाई जंगलमा छाड्ने आमाविरुद्ध मुद्दा
प्रकाशित मिति:
May 24, 2013