ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो
जेठ १० । पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ७३४२ नम्बरको ट्रकले ना१२प ९८५७ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी स्कुटर चालक कठार गाविस– ७ बस्ने अमृता पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी पाण्डेको उपचारका क्रममा राति भरतपुर अस्पतालमा ज्यान गएको हो । अहिले शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
May 24, 2013