हेलिकप्टर चढेर गईन दुलही
जेठ १० । छोरी ज्वाँई खुसी पार्न रौतहट गरुडा– ९ करैयास्थित एक प्राथमिक विद्यालयका हेडसरले आफ्नो छोरीलाई हेलिकप्टरमा चढाएर बिवाह गरी पठाएका छन ।
कलैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र साहले बिहीबार हेलिकप्टर चार्टर गरेर छोरीलाई बिदावारी गराएका छन ।
रौतहट गरुडा– ९ निवासी राजकिशोर साहका छोरा राजेन्द्र प्रतापसँग छोरी प्रमेशिलाको बुधबार राति बिहे भयो, बिहीबार उनले ७५ हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर नजिकैको बेहुलाको घरसम्म पुराइदिएका छन । सामान्य आर्थिक हैसियतका उनको घरमै बुधबार राति गाउँकै एक मन्दिर परिसर हिन्दु परम्पराअनुसार छोरीको बिहे सम्पन्नगरी होलिकप्टर चढाएर बिदावारी गराएका छन ।
उपेन्द्रले छोरीको बिहेमा प्रयोग भएको हेलिकप्टर केटापक्षबाट ल्याइएको दाबी गरे । उनले आफू सामान्य परिवारको, हेलिलप्टरबाट छोरी अन्माउने हैसियत नरहेको बताए । तर बलेरो र स्कारपियो लिएर जन्ती आएका बेहुलाका बाबु अचानक हेलिकप्टर देख्दा अचम्ममा परे ।हेलिकप्टरमा बेहुली चढेको हेर्नका लागि गाउका मान्छेको ठुलो भिड लागेको थियो ।
कलैयाबाट छोरीज्वाइँ लिएर उडेको भाडाको हेलिकाप्टर ज्वाइँको गाउँ गरुडामा अवतरण गरेको थियो । बेहुला–बेहुलीलाई घर छाडेर हेलिकाप्टर काठमाडौं फर्केको साहले जानकारी दिए ।
सामान्य व्यक्तिले छोरीको बिहेमा हेलिकप्टर चार्टर गरेको देख्दा एकछिन त जिल्ला सुरक्षाप्रमुख, प्रहरी, राजनीतिक नेता र उनका छिमेकी चकित भएका थिए । कलैयाबजारमा उपेन्द्रको सम्पत्तिबारे दिनभर चर्चा चल्यो । छोरीको बिहेमा उनले दाइजोबाहेक १०–१५ लाख रुपैयाँ खर्च गरेको छिमेकीले बताएको आजको नागरिक दैनिकमा खबर छ ।
प्रकाशित मिति:
May 24, 2013