पूर्वसभाषदको हत्या प्रकरणः राजमार्ग ठप्प, सयौँ यात्रु अलपत्र
जेठ ७ । पूर्व स्वतन्त्र सभाषद शदरुल मियाँको धारिलो हतियार प्रयोग गरि हत्या गरिए पछि त्यसको विरोधमा आक्रोसित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
आक्रोसित स्थानीयले गृहमन्त्री घटनास्थल आएर दोषीलाई कारवाही हुने प्रतिवद्धता नजनाएसम्म आन्दोलन जारी रहने भन्दै राजमार्ग ठप्प पारेका हुन् ।
राजमार्ग ठप्प भएपछि यात्रुहरु भने मर्कामा परेका छन् ।
मियाको घाँटीमा धारिलो हतियारले हानेको चोट लागेको प्रहरीले जनाएको छ । राति नै उनको हत्या भएको भए पनि अन्यले भने बिहान मात्रै थाहा पाएका थिए । उनको घाँटी आधा काटिएको अवस्थामा फेला परेको बताइएको छ ।
यसैबीच, घटनाको अनुसन्धान गर्न प्रहरीले कुकुर झिकाएको छ । घटनाका कारण अहिलेसम्म खुल्न सकेको छैन भने कोही पनि पक्राउ पनि परेका छैनन् ।
प्रकाशित मिति:
May 21, 2013