जेठ ५ । नेपाल र भारतका सैनिकहरूको सगरमाथा आरोहण तथा सरसफाइ अभियान समूहको पहिलो टोलीले सफलतापूर्वक बिश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।
एक महिनादेखि सगरमाथा वेसक्याम्प र सोभन्दामाथि संयुक्तरूपमा रहेको नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाइ टोलीमध्ये पहिलो टोलीले आज बिहान ९:०० बजे सगरमाथाको सफल आरोहण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्ने आरोहीहरूमा नेपाली सेनाकातर्फबाट सेनानी समिर बस्नेत, सह सेनानी किशोर अधिकारी, गण प्रबन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धीरेन्द्र शाही रहेका छन् । त्यसैगरी, भारतीय सेनाका तर्फबाट मेजर आर एस जमवाल, सुवेदार मिङमार गुरुङ, हवल्दार सुधिर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकविर रहेका छन् ।
उक्त आरोहण तथा सरसफाइ अभियानको टोलिले विगत १ महिनादेखि सगरमाथा आधार शिविर र सो भन्दा माथि रहेका ठूलो परिमाणको फोहर–मैलाहरूलाई समेत सफाइ गर्ने कार्य गरिरहेका छन् ।
Powered by Blogger.
नेपाल र भारतका सेना सगरमाथाको टुप्पोमा
प्रकाशित मिति:
May 19, 2013