जेठ १७ । आज भन्दा करिब ७ महिना अघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गालामा झाप्पु हानेर चर्चामा आएका पदम कुँवरले आफूलाई जेलमा सडाउने गरी षड्यन्त्र भईरहेको भन्दै यस्तै गरिरहे आफूले जे पनि गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
राजधानीमा आज उनले पत्रकार सम्मेलन गरेर प्रचण्डले उतिबेलै मुद्धा फिर्ता लिईसकेको भनेर हल्ला फिजाए पनि आफूले भने अहिले १५-१५ दिनमा अदालतको तारिख धाउन बाध्य भईरहेको भन्दै उक्त तारिख टुंग्याएर सामान्य जिवन जिउने वातारण नबनाईदिए आफू जे गर्न पनि बाध्य हुने बताए ।
राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा चप्पल लगाएर उपस्थित भएका उनले पत्रकारहरुसँग पटक पटक तारिख टुंग्याएर मुद्धा फिर्ता भईदिए आफ्नो सामान्य जीवन बिताउने इच्छा रहेको भन्दै सामान्य जीवन जिउने वातावरण बनाईदिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै जाँदा उनी निक्कै आक्रोशित समेत देखिन्थे । प्रचण्ड पक्षतिर केन्द्रित हुँदै उनले आफूमाथि जे गर्न पनि सक्ने षड्यन्त्र गरिरहेको भन्दै आशंका समेत व्यक्त गरे । उनले अहिले पनि नचिनेको नम्बरबाट कहाँ छस् के गर्छस् भनेर फोन आउने गरेको समेत जनाए ।
कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई भेट्न पटक पटक आग्रह गरे पनि सात सात महिना भेट्न नसक्नु भनेको आफूमाथि वेवास्ता गरेको भन्दै सात सात महिना भेट्न पनि नदिनु र १५-१५ दिन तारिख भिराईरहनुले पनि प्रचण्डको नियतमाथि शंका लागेको बताए ।
उनले पत्रकार सम्मेलनमै अबदेखि तारिख नधाउने भन्दै तारिख धाउने भए अब अर्कै तरिकाले धाउने चेतावनी दिए ।
उनले प्रचण्डलाई अब भने भेट्न नजाने तर उनले नै भेट्न चाहेमा भने त्यसलाई स्वीकार गर्ने बताए ।
उनले आफूलाई १५ दिने तारिख नै भिराएर जिन्दगीभर मुद्धा लगाईरहने भए स्वयं प्रचण्डलाई मुद्धा हाल्न आग्रह गर्दै एकातिर मुद्धा फिर्ताको हल्ला फिजाउने र अर्कातिर १५-१५ दिनको तारिख लगाईरहने जस्ता काम आफूलाई मान्य नहुने समेत बताए ।
विषय टुंग्याउने भए सहज जीवन बिताउने भन्दै आफूलाई जेलमै बन्धक बनाईरहे र तातो रगतमाथि खेलिरहेमा जे पनि यो मेरो चेतावनी हो, सुझाव हो या नभन्नुहोस् उनले पत्रकारहरुसँग भने ।
Powered by Blogger.
प्रचण्डले अति गरिरहे भने जे गर्न नि बाध्य हुनेछु : पदम कुँवर (भिडियोसहित)
प्रकाशित मिति:
May 31, 2013