सुरुङ खनेर भागेका कैदीमध्ये एक पक्राउ, छानबिन समिति गठन
बैशाख ३० । रोल्पा कारागारबाट गए राति सुरुङ खनेर भागेका आठ कैदीमध्ये एक जनालाई प्रहरीले रोल्पाको सातदोबाटो जङ्गलबाट आइतबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुन सेन रहेको राप्ती अञ्चल प्रहरी प्रमुख उत्तमबहादुर सिंहले जानकारी दिए । सेनले गैँडाको खाग तस्करीमा संलग्न भई कैद सजाय भोग्दै आइरहेको बताइएको छ । सुरुङ खनेर भागेका अन्य कैदीको खोजीलाई भने तीव्र पारिएको प्रहरी प्रमुख सिंहले बताए ।
घटनाबारे सत्यतथ्य छानबिन गर्न मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्ती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिंहको संयोजकत्वमा छानबिन टोली गठन गरेको मध्यपश्चिम प्रहरी प्रमुख टपेन्द्रध्वज हमालले बताए । घटनाको खबर पाएलगत्तै आइतबार बिहानै मध्यपश्चिम प्रहरी प्रमुख हमाल र राप्ती अञ्चल प्रहरी प्रमुख सिंह रोल्पा पुगेका छन् ।
फरार अन्य कैदीमा राजबहादुर ओली, धुव्र डाँगी, चम्फे विक, दीपक पुन, वसन्त रोका, कृष्ण ओली र राजु थापा रहेको बताइएको छ ।

प्रकाशित मिति:
May 13, 2013