एसएलसी प्रिन्सेजका सहभागीले यसरी यस्ता-यस्ता देखाए प्रतिभा (फोटोफिचरसहित)
जेठ १५ । एसएलसी प्रिन्सेजका ४६ जना सहभागीहरुले आज राजधानीको नाचघरममा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
एसएलसी परीक्षा दिएर बसेका छात्राहरुलाई केन्द्रमा राखेर सिजन मिडियाले आयोजना गरेको एस एल सी प्रिन्सेज प्रतियोगिता २०१३ अन्तर्गतका सहभागीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
सिजन मिडियाले विगत ३ वर्ष देखि “एस एल सी प्रिन्सेज–” नामक कार्यक्रम गर्दै आएको छ । प्रतियोगितामा सहभागी छात्राहरुको प्रतिभा उजागर, व्यक्तित्व विकास एवँ उनीहरुको उच्च शिक्षाको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले जानकारी दिएका छन् ।
प्रतियोगितामा ८० भन्दा बढीको आवेदन आएको र त्यसमा ४६ जनालाई छनोट गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा आचल दवाडि ,आयुसा वस्नेत , सोफिया श्रेष्ठ , डिम्पल भट्टराई दिप्ती खनाल उत्कर्षा गौतमले नेपाली गितमा आफ्नो प्रतिभा नृत्य मार्फत प्रस्तुत गरेका थिए भने तेन्जीङ छोएकी खुस्वु लामा, अनिसा खड्का , सृष्टिसुमन ओझा सितुसित वस्नेतहरुले भने नेवारी अंग्रेजी तथा नेपाली गित गाएर आफ्नो प्रतिभा देखाएका थिए ।
यसैगरी रिज्मा जोसी , श्रीया कार्की ,सपना गिरी ,संगीता वास्कोटा सुमी कुवर, प्रियाङ्का मल्ल आदिले पनि नृत्य प्रस्तुत गरेका थिए भने कविता मार्फत गृष्मा पौड्याल , प्राचि अर्याल , साल्वु न्यापाने आफ्नो प्रतिभा उजागर गरेका थिए साथै नेपाली गितमा रन्जु लिम्वु संवृद्धी धिताल सलोनी भट्टराई संगिता कार्की अफिसा श्रेष्ठ , विजयाश्री शाह रन्जु पोखरेल ले पनि नृत्य मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । विस्नु चेम्जोङ र नुवीसा उप्रतीले भने पेन्टीङ मार्फत फरक आफ’नो कला प्रस्तुत गरेकी थिइन । नारी सशत्तिकरणको वारेमा अभिनी दिक्षीतले आफ्नो धारण व्यक्त गरेकी थिइन भने आकृती सीजापती र रुचीका वस्नेतले पनि विभीन्न विषयमा आफ्नो विचार राखेका थिए ।
यहि असार १ गते शनिवार प्रतियोगीहरुको अन्तिम प्रतियोगीता नाचघर जमलमा सम्पन्न हुने आयोजकको भनाई छ । प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधि सहित ल्यापटप, र हाम्रो यस प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा प्सटु शिक्षामा फुल स्कलरसीपमा पढ्न पाउनुका साथै अन्य गिफ्टहयाम्परहरु पाउने छन् ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः आइप्याड ट्याव र प्सटुमा २ वर्षको फुल स्कलरसीपमा पढ्नपाउने र अन्य गिफ्टहयाम्परहरु प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । साथै सहभागी सम्पूर्ण एस एल सि उर्तिण प्रतियोगीहरुलाई विभिन्न कलेजहरुमा छात्रावृदिको व्यवस्था साथै विषेश छुटको व्यवस्था गरीने आयोजकले जनाएको छ ।
प्रकाशित मिति:
May 29, 2013