गर्भावस्था भनेको महिलाका लागि निक्कै महत्वपूर्ण विषय पनि हो । यतिबेला ख्याल गरिएन भने आमा र बच्चा दुवै जनाको ज्यान समेत जाने खतरा हुन्छ ।
यस्तै अवस्थामा गर्भावस्थामै बच्चा पेटमा निधन भएमा बच्चा निकाल्न अप्रेशन नै गर्नुपर्ने र त्यो निक्कै कठिन काम पनि हुन जान्छ ।
यसै सन्दर्भमा एक अनुसन्धानले भने गर्भवतीले उत्तानो परेर सुत्ने गरेमा मरेको बच्चा जन्मने सम्भावना तुलनात्मक रुपमा बढी हुने बताएको छ ।
अफ्रिकी मुलुक घानामा मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ताद्धारा गरिएका एक अध्ययनमा उत्तानो परेर सुत्ने गर्भवतीको कम तौलको बच्चा हुने र बच्चा कम तौलकै भएका कारण मरेको जन्मने खतरा पनि बढ्ने बताइएको छ ।
धनी देशहरुमा प्रत्येक हजार सफल जन्मको तुलनामा दुईदेखि पाँच मृत प्रसवको घटना हुने र गरिब देशमा दाँज्दा हजारमा २० देखि ५० गर्भ तुहिने घटना रहने उल्लेख गरिएको छ ।
Powered by Blogger.
गर्भावस्थामा कसरी सुत्ने त ?
प्रकाशित मिति:
May 29, 2013