भोलिदेखि विद्यार्थीलाई निशुल्क टेलिकमको सिमकार्ड
जेठ १५ । नेपाल टेलिकमले एसएलसी दिएर बसेका विद्यार्थीहरुका लागि सित्तैमा सिमकार्ड वितरण गर्ने भएको छ ।
तर यस्तो सुविधा ताप्लेजुंगका एसएलसी दिएर बसेका विद्यार्थीले मात्रै पाउने भएका छन् ।
पूर्वी नेपालको विकट जिल्ला मानिएको ताप्लेजुंगमा टेलिकमले टक भ्यालुका आधारमा सित्तैमा सिमकार्ड दिने योजना ल्याएको हो ।
जस अन्तर्गत एसएलसी दिएर बसेका विद्यार्थहरुले टेलिकमको दुई सय रुपैयाँ पर्ने जीएसएम तथा सीडिएम मोबाइलका सीम र रिम पाउने छन् ।
टेलिकमका अनुसार विद्यार्थीहरुलाई दुई सय पर्ने सिम एक सयमा दिने र जसमा एक सय बराबरको टक भ्यालु पाउनेछन् । टक भ्यालु १०० पाउने भएकाले उनीहरुले सिम सित्तैमा पाउने भएका हुन् ।
सिम पाउन आवेदन फर्मसँगै २०६९ सालमा दिएको प्रवेश पत्रका फोटोकपी साथमा पेस गर्नुपर्ने बताइएको छ ।
प्रकाशित मिति:
May 29, 2013