दार्चुलामा बस दुर्घटनामा साँतको मुत्यु

महेन्द्रनगरबाट छुटेको बस दार्चुला सदरमुकाम खलङ्गाका पुग्ने क्रममा दुर्घटना भएको हो । ना ४ ख ८२८५ नम्बरको बस बिहान सडकबाट करिब ५० मिटर तल खस्दा अरु ४१ जना घाइते भएका छन् ।
मुत्युहुने हरुमा गाडी मालिक बैतडीका कृष्ण भट्ट, दर्चुला सर्मालीका गोपाल खत्री र पिताम्बर साउद, भारतको बालुवाकोटका महादेव भट्ट, मथुरादत्त भट्ट दार्चुलाकै खरकडा गाविसका नरसिंह धामी, र मोतीराम भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक कुबेरसिंहले बताए ।
आज हुन गईरहेको शिक्षक सेवा आयोगको परीक्षा दिन व्यतिहरु धेरै सवार भएपछि अत्याधिक भार र सडकको अवस्था पनि अप्ठारो भएकोले गाडी पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
May 23, 2013