गोर्खाकप फुटबल राजधानीमा आजबाट सुरु
जेठ ९ –राजधानीको दशरथ रगंशाालामा आज दिउसो ४ बजे देखि गोर्खागु्पको सहयोगमा अखिल नेपाल फुटवल संघ एन्फाले आयोजना गरेको प्रतियोगिताकोआजको खेलमा मछिन्द्र र सरस्वती क्लवले प्रतिस्पर्धा गर्दैछन् ।प्रतियोगितामा ए डिभिजनका १३ वटा क्लब, बी डिभिजनको उपविजेता टुसाल क्लब, मोफसलको ए डिभिजन विजेता झापाको मुनाल क्लब र बी डिभिजन विजेता नवलपरासीको देशभक्त क्लबले प्रतियोगितामा पहिलो पटक मोसफलक २ टिमको साथै १६ टिम सहभागी हुँदैछन् ।
१६ टिमलाई ४ वटा समूहमा विभाजन गरि खेलको वर्गिकरण गरिएको छ । सबै समूहका विजेता र उपविजेता क्वार्टफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रकाशित मिति:
May 23, 2013