जेठ । सशस्त्र १० वर्षे जनयुद्धमा सयौँ आमाहरुका काख रित्तिए । हजारौँ नेपालीहरुले रगत र आशु बगाए । त्यही रित्तिएका काखहरु र नेपाली भूमिमा नेपालीकै बगेको रगत, पसिना र आशाका त्यान्द्राहरुले आजसम्म प्रचण्ड र बाबुराम त देशको प्रधानमन्त्री समेत बने भने बादल रक्षामन्त्री समेत भए । किरण वैद्यले भने त्यता तिर ध्यान दिएनन् ।
यी नेताहरुलाई जनयुद्धका क्रममा मार्नलाई खुबै खोजिएको थियो । कोही जेल परे त जेल नपरेकालाई कार्यकर्ताले आफ्नै ज्यान फ्याली फ्याली सुरक्षा दिएर बचाए । र नेताहरु अहिले यहाँसम्म आईपुगेका छन् ।
तर अझै पनि उनीहरुको राजधानीको कालिकास्थानस्थित बाँसझ्याङको उकालोमा रहेको एउटा घरमा खोजी जारी छ । त्यहाँ शाही सरकारका डिएसपीको नेतृत्वमा रहेको प्रहरीले चार जना माओवादी कार्यकर्तालाई अपहरण गरी प्रचण्ड, किरण बादलहरु कहाँ बस्छन् भनेर यातना दिईरहेका छन् । जुन दृश्य तपाई हामी सबैले सहजै देख्न समेत सकिने छ । दृश्यमा तत्कालिन माओवादी कार्यकर्ता कृष्णसेन इच्छुकलाई प्रचण्ड, किरण बादल बस्ने ठाउँ भन भनेर यातना दिइन्छ । तर, सेनले ज्यान जाँदासम्म पोल खोल्दै खोल्दैनन् । उनीहरु बस्ने, खाने ठाउँ नभनेकै कारण सेनलाई चौभरमा लगेर तीन गोली प्रहार गरी मारिन्छ । त्यसपछि गोप्य रुपमा पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिन्छ । तर, पछि पत्रिकामा त्यही कुरो थाहा हुन आउँछ ।
उपरोक्त सन्दर्भ कालिकास्थानको उकालोमा रहेको बाँसझ्याङस्थित सर्वनाम थिएटरमा अहिले मञ्चन भईरहेको स्व. कृष्णसेन इच्छुकको यथार्थ जीवनीमा आधारित नाटक 'उनी मरेका छैनन्' को हो । अखिल नेपाल लेखक संघद्धारा निर्माण, खेम थपिलियाको लेखन र विजय विष्फोटको निर्देशनमा जेठ ७ देखि १२ गतेसम्म मञ्चन हुने उक्त नाटकमा कृष्णसेन इच्छुकको कसरी हत्या भयो भनेर उजागर गरिएको छ । जसमा जेल भित्र हुने यातनाहरुले आँखा रसाउन पनि सक्छन् । जनयुद्धका क्रममा देश बदल्ने विचार बोकेको कृष्णसेनको आफ्नी छोरीसँगको माया झनै मायालु छ । नाटकमा मुख्य गरी कृष्णसेनले देशकै लागि भनेर पार्टीका कुनै पनि कुरा खुलाएका छैनन् । सोही कारण उनको गिरफ्तारपछि चरम यातना र अन्तिममा गोली हानी हत्या गरिएको छ ।
नाटक समापनपछि निर्देशक विष्फोटलाई उनी त मरेका छैनन भने उनीहरुका सपना पूरा भए जस्तो लाग्छ
![]() |
नाटकमा सेनकी छोरीको भूमिकामा मध्यरातमा बुवालाई सम्झेर फोटो हेर्दै कलाकार । |