दक्षिणपन्थीको पराजयमा क्रान्तिकारीको विजय सन्निहित छ
एमाओवादी निकट मजदुर संगठनका अध्यक्ष
शालिकराम जमरकट्टेलले निर्वाचन लगत्तै फोन गरेर मसँग भने– ‘वद्रिजी
तपाईंहरुले राजनीतिक रुपमा जित्नुभयो, हामीले हा¥यौं ।’ यसपटकको शालिकजीको
अभिव्यक्तिमा इमान्दारिता थियो । पार्टी फुटपछि शालिकजीसँग दोश्रो फोन
सम्बाद थियो । पहिलो मैले मजदुर संगठन छाडेर पार्टीमा गएपछि भएको थियो ।
मैले शालिकजीले दिएको बधाइलाई स्वकारेको छु र स्वागत गरेको छु ।
अलि
भावुक पारामा शालिक भन्दै थिए– ‘जनयुद्ध होस या चुनावी संघर्ष दुवैमा किरण
र वादलविना प्रचण्डले नजित्ने रहेछन् भन्दै प्रचण्ड भनेको किरण, वादलको
फ्युजन रहेछन ।’ केही दिन अघिसम्म प्रचण्डलाई देउता बनाएर विचारलाई उपेक्षा
गर्ने काम शालिकहरुबाट भएको थियो ।
राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै कुरा निर्धारण हुन्छ भन्ने कुरा
सही छ । मुख्य कुरा, हामीले जितेको कार्यदिशा सही हुनुको कारणले हो ।
एमाओवादी हारेको कार्यदिशा गलत हुनुको कारणले हो । कार्यदिशा गलत भएकै कारण
भएका सेना विसर्जित भए । भएको संविधानसभा संविधान नबनाई विसर्जित भयो ।
वर्ग विचार छाडेर सुकुम्वासी, किसानको विरुद्ध एमाओवादी उभियो ।
राष्ट्रियताका सवालमा यिनीहरु चुके । आज यो परिणाम भोग्नुपरेको छ ।
नीति सही भएमा मात्र नेतृत्वले पहल लिनसक्ने रहेछ । प्रचण्ड सबैभन्दा चलाख र
कमाण्ड लिने भनेको होइन हिजो ? आज उनी सबैतिर पराजीत भए । किरण, वादलले
स्वतन्त्र धार निर्माण गरेर पहल लिए । सबैतिर जिते । नेतृत्व कौशलता देखाए ।
यो मुख्यतः माओवादीको कार्यदिशाको जीत हो । नेतृत्वको कौशलता हो ।
हाम्रो पार्टीको पोखरा वैठकले निर्वाचनको सशक्त वहिस्कारको नीति लियो ।
सँगै जनताको पक्षमा संविधान बन्ने हो भने संविधान सभामा भाग लिने प्रस्ताव
ग¥यो । यसका लागि हदैसम्म लचिलो बन्यो । वस्तुतः यो सही सावित भयो ।
सिद्धान्तको शुद्ध रटना लगाएर मात्र पुग्दैन, कहिलेकहीं जनताको
मनोविज्ञानलाई पकड्दा प्रतिकुल लागे पनि अगाडि बढ्ने हिम्मत गर्नुपर्छ ।
हाम्रो नेतृत्वले संविधानसभामा जान अधिकतम लचिलो बन्यो । तर, उनीहरुले
निषेध गरे । जनताले यसलाई राम्रो मानेनन् । हामीले दश दिन यातायात बन्दसहित
संघर्षका सशक्त कार्यक्रम बढाउँदा जनताले पचाए । देशव्यापी संघर्ष र
राजधानीमा बसेर हाम्रो शीर्ष नेतृत्वले राजनीतिक पहलकदमी लिइरह्यो ।
हाम्रो शान्दार रुपमा राजनीतिक विजय भएको छ । यसलाई सामान्य रुपमा लिइनु
हुन्न । राष्ट्रिय स्वाधीनतालाई जोड गरेर जनविद्रोह गर्ने कार्यदिशाको विजय
हो यो । त्यसका लागि वैचारिक तथा राजनीतिक आधार निर्माण भएको छ ।
कांग्रेसको
नेतृत्वमा संसदवादीहरुको संविधानसभामा एउटा मोर्चा बनेको छ भने हाम्रो
नेतृत्वमा सडकमा अर्काे मोर्चा बनेको छ । समानान्तर ढंगले यो अब जानेछ ।
सडकमा जान तयार सबैलाई हामीले समेट्न आवश्यक छ । संकिर्ण विचार बोकेर र
शुद्धतावादी बनेर जनता र राष्ट्रको नेतृत्व सम्भव छैन् । सिद्धान्त र
नेतृत्वका बारेमा दृढता र तात्कालिक कार्यनीतिमा लचकताको माओवादी नीतिलाई
मानेर जानु नै वुद्धिमानी हो । मुठभेडको विज रोपिएको संविधानसभाको विघटनको
माग राखौं । सहमतिका लागि गोलमेचसभाको नारालाई द¥होसँग पक्डौं । हामीले
उठाएको मुद्धा यतिवेला झन् सान्दर्भिक बनेको छ । राजनीतिक विजयको उन्मादमा
हामीले दायाँवायाँ गर्ने गल्ती गर्नुहुन्न । हामीलाई कमजोर पार्न उक्साउने र
फँसाउने काम हुनसक्छ । यसमा सचेत हुनुपर्छ । विचार र अनुभवले खारिएका किरण
र वादलजस्ता नेतृत्वले सही दिशा दिनसक्ने रहेछ भन्ने जनतामा विश्वास पैदा
भएको छ । प्रचण्ड र बाबुरामहरुको पराजयमा क्रान्तिकारीहरुको विजय सन्निहित छ
।
स्रोत- जनधारणा साप्ताहिक
प्रकाशित मिति:
November 28, 2013