विवादको भूमरीमा मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन
जेठ ३० । ३३ दलले यथास्थितिमा निर्वाचन गराए बिथोल्ने उदघोष गरिरहेकै बेला सरकारले भने संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनसम्वन्धी अध्यादेश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्दै मंसिर ४ गते मंगलबार निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन गराउनकै लागि भनेर तत्कालिन बाबुराम नेतृत्वको सरकार विघटन गराई चार दलद्धारा प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको ३ महिनापछि संविधानसभाको निर्वाचनको मिति घोषणा भएको हो ।
तर नेकपा माओवादी लगायत ३३ दलले भने वर्तमान सरकार निर्माण नै गैर कानुनी ढंगबाट भएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले यो सरकारले निर्वाचन गराए त्यसका विरुद्ध लाग्ने समेत बताउँदै आएका छन् ।
यता, आजको मन्त्री परिषदको बैठकले सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र पुनःसंरचना आयोग समेत गठन गरेको छ । आयोगलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रकाशित मिति:
June 13, 2013