महाकालिले बगाउन थालेपछि दार्चुला सदरमुकामबासीको बिचल्ली
असार ३ । लगातार परेको पानीसँगै महाकाली नदीमा बाढी आएपछि दार्चुला सदरमुकाम नै बग्न थालेको छ । बाढीले पाँचवटा कार्यालयसहित तीन दर्जन घर बगाइसकेको छ । बाढीले बाङाबगडमा रहेका चार र गल्फैमा रहेका दुईवटा घर बगाएको छ भने अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू-संरक्षण कार्यालय र जिल्ला अस्पताल भवन बगाएको छ। बाढीले अहिलेसम्म घर तथा कार्यालय गरी तीन दर्जन भन्दा बढी बगाएको प्रहरीले जनाएको छ । सदरमुकामका दर्जनौ घर तथा कार्यालय जोखिममा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय उच्च जोखिममा छन् । प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेको आधा भाग बाढीले बगाइसकेको छ । सदरमुकामस्थित खुलामञ्च पनि आधा बगाएको छ। जिल्ला अस्पतालको शव गृह र औषधी वितरण कक्ष पनि बगाइसकेको छ । नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानतर्फ सार्ने कार्म गरिरहेका छन् ।
भारतीय सीमा क्षेत्रको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाँधमा पानी भरिएकाले फुट्ने खतरा बढेको छ । भारतले तटबन्ध निर्माण गरेका कारण त्यस क्षेत्रमा नेपालतर्फको भाग कमजोर भई दार्चुला सदरमुकामतर्फ नदी पसेको हो । जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान आग्रह गरेपछि अहिले सर्वसाधारणहरु घमाधम सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।
यसैबीच हुम्लामा एकै परिवारका चारजना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । जिल्लाको उत्तरी तिब्वती सीमामा पर्ने मुचु गाविसमा ठूलो पहिरो गएको र पहिरोमा पुरिएर क्याम्पा लामा र उनका तीन छोरी वेपत्ता भएको सञ्चारमाध्यमले जनाएका छन् । पहिरोका कारण एक दर्जन बढी स्थानीय बासिन्दा घाइते भएका छन् । पहिरो गएको स्थानमा नेपाली उद्धारकर्मी पुगि नसकेको भए पनि चिनीया प्रहरीले उद्धार गरी तिब्बती आश्रममा लगेको पनि जनाइएको छ । स्रोत: धर्ती आवाज

प्रकाशित मिति:
June 17, 2013