केटी नजिस्काऊ भन्दा जसले पुलिसकै अगाडी भकुराई खाए
असार १ । माइक्रो बस भित्र मादक पदार्थ सेवन गरेका तीन जना युवाले एक जना युवतीलाई जिस्काएपछि नजिस्काउ भनेर आग्रह गर्दा आग्रह गर्ने युवकले पुलिसकै सामुन्ने पिटाई खान बाध्य भएका छन् ।
हरियो माइक्रोमा चढेर आईरहेको अवस्थामा राजधानीको घण्टाघरस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयको अगाडी दिउसै यस्तो घटना घटेको हो ।
मादक पदार्थ सेवन गरेका युवकहरुले युवतीलाई जिस्काउँदा नजिस्काऊ भन्ने व्यक्तिलाई घण्टाघर अगाडी ती युवकहरुले आक्रमण गरेका थिए ।
आक्रमण गर्दा प्रहरी समेत त्यहीँ भए पनि उनीहरुले आक्रमण गर्ने युवकहरुलाई पक्राउ पनि गरेनन् भने लाठी चार्ज समेत गरेनन् । त्यसो हुँदा ती आक्रमणकारीहरु भाग्न सफल भएका छन् । उनीहरुले माइक्रोमा ढुंगा हानेर क्षति समेत पुर्याईदिएका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यलयमा ठूलो संख्यामा प्रहरी हुने भए पनि दिउँसै आफ्नै कार्यालय अगाडी आक्रमण हुँदा समेत प्रहरी परिचालन नगर्नुले प्रहरीमाथि जनताको विश्वास घटेर जाने निश्चित छ । बाँकी एभिन्युज टेलिभिजनको भिडियो सामग्री हेर्नुहोस्:

प्रकाशित मिति:
June 15, 2013