मदिरा खाएका पतिको कुटाइबाट पत्नीको मृत्यु

बाङ्गेशाल–५, आँधीटार निवासी ३० वर्षीया भगवता विष्टको आफ्नै घरमा बसिरहेको अवस्थामा गएराति पति बलदेवले मदिरा सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विष्ट दम्पती झगडा गरी घाइते भएपछि पतिलाई प्रहरी नियन्त्रणमै स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
May 03, 2013