पर्सा जिल्लामा अवस्थित नेपालका २४० सीमा स्तम्भ अझै गायब
जेठ २०, रासस । पर्सामा अझै पनि २४० वटा सीमा स्तम्भ गायव भएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक नागेन्द्र थापाले सोमबार रासससँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनले बिगत कयौँ वर्षदेखि विभिन्न कारणले हराइरहेका उक्त सीमा स्तम्भको खोजी भए पनि पाउन नसकिएको जानकारी दिएका छन् ।
हराएका सीमा स्तम्भमध्ये ठूलो (जंगे) सात, मझौला दुई र साना २३१ वटा हराएको पनि जानकारी दिए ।
हराएका बाहेक पर्सामा जम्मा ८३२ वटा सीमा स्तम्भ रहेको पनि उहाँले जानकारी दिए ।
आफूहरूले हालै गरेको सर्भेको आधारमा यो तथ्याङ्क फेला परेको र फेला परेकामध्ये ३७९ वटा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको पाइएको पनि जानकारी दिएका छन् ।
प्रकाशित मिति:
June 03, 2013