होटललाई लिँदै आएको भ्याट कटौती गर्न सरकारसँग माग
काठमाडौँ, २० जेठ । नेपाल होटल सङ्घले आपूmहरू कृषिजन्य पदार्थको उपभोक्ता भएकाले होटललाई लिँदै आएको भ्याट कटौती गर्न सरकारसँग माग गरेको छ ।
नेपाल होटल सङ्घको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री शङ्करप्रसाद कोइरालालाई भेटी होटलहरूमा नेपाली उत्पादनको प्रयोग अनिवार्य गर्न माग गरेको हो ।
सो अवसरमा सङ्घका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले पर्यटनलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राख्न आग्रह गरेका थिए ।
अर्थमन्त्री कोइरालाले अल्पकालीन सरकार भएकाले सोही अनुसारको माग राख्न आग्रह गरे ।
उनले अध्यादेशमार्पmत पर्यटनलाई उद्योगको मान्यता दिने निर्णयमा सरकार पुगेको बताउँदै आगामी बजेटमा गर्नुपर्ने नीतिगत र सुधारात्मक कामका विषयमा ठोस एजेण्डा ल्याउन आग्रह गरे ।
प्रकाशित मिति:
June 03, 2013