दुर्लभ खैरो रङको कछुवा भेटीयो
असार १४ । विश्वमा दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत खैरो रङको कछुवा मोरङ फेला परेको छ ।
मोरङ जिल्लाको इन्द्रपुर र केराबारी गाविसको सिमानामा पर्ने जङ्गल क्षेत्रमा स्थानीय एक गोठालाले कछुवा भेटाएका हुन ।
उक्त कछुवाको तौल लगभग २ किलो तौल रहेको स्थानियले बताएका छन । उक्त कछुवा बिक्री गर्न लागेको अवस्थामा स्थानिय प्राध्यापक देवराज दाहालले थाहा पाए पछि उद्धार गरेका हुन ।
नेपाल, वर्मा, भारत, चीन, थाइल्यान्ड कोलम्बियालगायतका मुलुकमा पाइने खैरो रङको कछुवा अति दुर्लभ वन्यजन्तुकोषले दुर्लभ सूचीमा राखेको छ ।
उक्त कछुवा फेला परेपछि स्थानिय वासीले हेर्नका लागि ठुलो भिड लागेको थियो ।
प्रकाशित मिति:
June 28, 2013