पूर्वअर्थमन्त्री तथा एमाओवादी नेता पुनको गाडी पक्राउ परेकै हो त ?
असार १४ । शुक्रबार बिहानै न्युज ट्वान्टी फो टेलिभिजनले पूर्वअर्थमन्त्री तथा एमाओवादी नेता वर्षमान पुनले चढ्ने गरेको गाडी चोरीको भएको र उक्त गाडीलाई हनुमान ढोका प्रहरीले नियन्त्रणमा लिएको भनेर फ्ल्यास न्यूज आयो ।
टेलिभिजनमै यस्तो समाचार आएपछि देख्ने जतिले पत्याउनै पर्ने भयो । कतिले त माओवादी न हुन् । चोरीका गाडी चढ्नु के ठूलो कुरो भनेर समेत सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी समेत गरे ।
तर, हेलोखबरले उक्त समाचारबारे बुझ्दा न्यूज ट्वान्टी फोको उक्त समाचार सत्य नभएको पाइएको छ ।
सत्य के हो त ?
समाचारमा आए जस्तै पूर्वमन्त्री पुनले चढ्दै आएको बा ००१ ञ १० नम्बर प्लेटको गाडी हिजो हनुमान ढोका प्रहरीले नियन्त्रणमा लिएको थियो । बानेश्वरमा बेवारिसे अवस्थामा उक्त गाडी रहेको भनेर प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त गाडी लिएको प्रहरीको भनाई छ ।
उक्त गाडीमा राखिएको नम्बर प्लेट भने वर्षमान पुनले चढ्ने गरेको गाडीको राखिएको तर गाडी भने उनको नभएको र गाडी बेवारिसे अवस्थामा फेला परेको हनुमान ढोका प्रहरी प्रमुख विजयलाल कायस्थ बताउँछन् ।
उनले सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै आफूले सुचना दिँदा उनको गाडीको नम्बर प्लेटको नम्बर टासिएको तर उनको नभएको भनेर दिएको बताए ।
यसैबीच, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयोगी मानिएका शिव खकुरेलले भने फेसबुकमार्फत पुन अहिले लाजिम्पाटमा आफ्नै बा.९.च ६९२२ नम्बरको गाडी चढेर एनेकपा (माओवादी) पदाधिकारीलगायतको बैठकमा अध्यक्ष निवास लाजिम्पाटमा रहको बताएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएको गाडी अहिले हनुमान ढोकामा राखिएको छ । गाडीका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
June 28, 2013