प्रहरीले चलाएकै पेट्रोल पम्पमा मिसावट, एकमा सिलबन्दी, सेनाको पनि शंकामा
असार १४ । व्यापारी व्यवसायीहरुद्धारा सञ्चालित पेट्रोल पम्पहरुमा मिसावट तथा मापदण्डविपरीत कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री वितरण भएको तथ्य फेला परेसँगै पेट्रोल पम्पमा धमाधम सिलबन्दी गरिने काम एकाएक बढेर गएको छ ।
यसरी पेट्रोल पम्पमा यस्ता घटना घट्नाले सर्वसाधरणको विश्वास भने सरकार मातहतका नेपाली सेना र नेपाल प्रहरीद्धारा सञ्चालित पेट्रोल पम्पहरुमा बढी विश्वास बढ्दै गएकोमा उक्त विश्वास पनि भ्रम साबित हुन पुगेको छ ।
अख्तियार दुपयोग अनुसन्धान आयोग र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले विहिबार नेपाल प्रहरीद्धारा सञ्चालित पेट्रलपम्पहरूमै मापदण्डविपरीत कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री वितरण हुने गरेको तथ्य फेला पारेको हो ।
अनुगमनमा नेपाल प्रहरीको एउटा नोजलमा प्रति ५ लिटरमा ३० मिलिलिटर डिजल कम विक्री गर्दै आएको तथ्य फेला परेको हो ।
यस समाचारलाई आजको राजधानी दैनिकले समेत छापेको छ । उक्त समाचार अनुसार पेट्रोल पम्पमा सर्वसाधारणलाई ठग्ने गरेको सूचनाका आधारमा अख्तियार र वाणिज्य विभागले बिहिबार सुरक्षा निकायद्धारा सञ्चालित पेट्रोल पम्पमा आकस्मिक निरीक्षण गर्दा यस्ता तथ्यहरु फेला परेका हुन् ।
सो क्रममा नेपाली सेनाद्धारा सञ्चालीत पम्पमा पनि कम परिणामको पेट्रोलीयम बिक्री वितरण गरेको आशंकामा दुईरदुई लिटर पेट्रोल र डिजल परिक्षणका लागि गुणस्तर विभागमा पठाएको छ ।
प्रकाशित मिति:
June 28, 2013