भारतले भन्योः 'दार्चुलामा बाढी आएको भारतले गर्दा होइन'
असार ७ । काठमाडौँस्थित भारतीय राजदूतावासले आज एक विज्ञप्ति जारी गरी भारतले धौलीगङ्गा बाँधको जलद्वाराहरु खोलेकाले नेपालको दार्चुला जिल्लामा बाढी आएको भन्ने समाचारप्रति असहमति जनाएको छ ।
‘यही असार २ गते जलाधार क्षेत्रमा परेको अत्याधिक वर्षाका कारण अन्तर्वाह अधिक मात्रामा परियोजना भएर बगेको थियो । तत्पश्चात बाँध र विद्युतगृह डुबान तथा अत्यधिकमात्रमा माटो जम्मा हुँदा विद्युत उत्पादन कार्य पूर्णरुपमा थुनिएको थियो । बाँधसम्म पुग्ने बाटोसमेत थिएन । यसमा भारतले बाँधको पानी खोल्ने भन्ने प्रश्न नै उठ्दैन । तसर्थ भारत र नेपालका तल्लो तटीय क्षेत्रमा मनसुनसँग सम्बन्धितबाढीमा धौलीगङ्गा बाँधको कुनै प्रभाव हुँदैन । जलाधार क्षेत्रमा अत्यधिक मनसुनका कारण भारतीय पक्षमा समेत जनधनको क्षति भएको छ ।’ –विज्ञिप्तमा भनिएको छ ।
यस अतिरिक्त गत सोमबार अपराह्न ३ बजे शारदा नदीमा अहिलेसम्मकै उच्चतम बहाव ४.४१ लाख क्युसेक पानी मापन गरिएको थियो र यो भारतको उत्तरपश्चिम क्षेत्रमा गत आइतबारदेखि परेको अत्यधिक वर्षाका कारण भन्दै दूतावासले भारत सरकारका सम्बन्धित निकायहरुले नेपाल सरकारका निकायहरुसँग निकट रही उक्त अवस्थासँग सामना गर्न कार्य गरिरहेको पनि जनाएको छ ।
प्रकाशित मिति:
June 21, 2013