असार १४ । राष्ट्रपति डा. रामवरण यादव जापानको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गरी नेपाल पर्केका छन ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकार सम्मेलमा राष्ट्रपति डा यादवले आफ्नो स्वास्थ्यमा शङ्का गरिएको लक्षण विभिन्न परीक्षणबाट नदेखिएकाले सबै शङ्का हटेको बताएका छन ।
उनले स्वदेशी तथा विदेशका नेपाली दाजुभाइ दिदीबहिनीबाट प्राप्त सद्भाव, प्रेम र शुभेच्छाप्रति आभार व्यक्त गर्दै राष्ट्रपति डा यादवले स्वास्थ्य परीक्षणका क्रममा जापान सरकार र सम्बन्धित चिकित्सकबाट पाएको मायाले खुसी भएको बताएका छन ।
राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगाएत उच्चपदस्थ सरकारी अधिकारी र कूटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए ।
Powered by Blogger.
जापानबाट फर्किए राष्ट्रपति
प्रकाशित मिति:
June 28, 2013