गोली ठोकेर चुनाव गर्न खोजिए मुलुकमा पुनः द्वन्द : गजुरेल
असार१४ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकार र चार दलले जवरजस्ती चुनाव गराए मुलुक फेरि द्वन्दमा जाने निश्चित भएकोले यस विषयमा प्रधानसेनापति गौरब शमसेर राणासँग माओवादीले वार्ता गर्ने बताएका छन् ।
गजुरेलले सेना परिचालन गरेर निर्वाचन गराए स्थिति गम्भिर हुने चेतावनी दिएका छन । नेपाली सेना चार दलको मात्र नभएकाले यसमा सेनासंग कुरा गर्ने बताएका छन । निर्वाचन राजनीतिक कार्यक्रम हो, बन्दुकको भरमा चुनाव गराउन खोजे अवस्था भयावह हुने चेतावनी दिएका छन ।
चार दलको एकाधिकार खारेज नगरीकन संविधान बन्नै नसक्ने भएकोले यथास्थितिमा चुनाव गराउनु प्रतिगमनलाई स्विकार्नु भएको उनले बताएका छन ।
उनले गोलि ठोकेर चुनाव गर्न खोजिए मुलुक फेरि द्वन्दमा जाने चेतावनी दिएका छन ।
प्रकाशित मिति:
June 28, 2013