कोरियामा पूर्व अध्यक्ष सहित चार नेपाली पक्राउ
असार ९ । रोजगारीका लागि दक्षिण कोरिया पुगेका विदेशीहरुमाथि त्यहाँको सरकारले धरपकड गर्ने कार्य तिब्र गतिमा अघि बढाएको छ ।
अध्यागमन विभागले विशेष गरी अवैधानिकहरु रुपमा बसेका विदेशीहरुमाथि धरपकड तथा पक्राउ गर्ने कार्य बढाएको हो ।
यसरी, धरपकड गर्ने क्रममा नेपालीहरु समेत रहेका छन् । बिहीबार पक्राउ पर्ने नेपालीहरुमा भोजपुर परिवारका निवर्तमान अध्यक्ष कुमार थापा, संगै कम्पनीमा कार्यरत भोजपुरका भरत कार्की र दुर्गा चौलागाई तथा पुर्व एन सी सीका सदस्य समेत रहेका खोटांगका श्याम कार्की रहेको त्यहाँ पत्रकार खेम कार्कीले पठाएको समाचार उल्लेख गरिएको छ ।
पक्राउ परेका उनीहरुले कोरियामा वर्षौ बसेर काम गरेका प्रवासीहरुका लागि कोरियाले घर फर्कने क्रममा सहयोग गनुपर्ने माग राखेका छन् । उनीहरुले घर फर्कन सहज वातावरण बनाईदिन पनि सरकारसँग आग्रह गरेका छन् ।
यसअघि सोमबार तमुधि कोरिया अध्यक्ष रामकाजी गुरुंग , शान्ति गुरुंग, विक्रम गुरुंग पक्राउ परेका थिए । कोरियामा पछिल्लो समयमा अध्यागमन विभागले प्रवासीहरुको धरपकड तिब्र बनाएको छ ।
प्रकाशित मिति:
June 23, 2013