• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » दलहरुबीच जति विवाद भएपनि अन्ततः चुनाव : डा. रिजाल
दलहरुबीच जति विवाद भएपनि अन्ततः चुनाव : डा. रिजाल

जेठ २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले छिट्टै संविधानसभाको निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन शाखा सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले निर्वाचनसम्बन्धी अध्यादेशका लागि दलहरुबीच छलफल भइरहेकाले निर्वाचनको मिति तोक्नमा धेरै ढिलाइ नहुने बताए ।

उनले भने– निर्वाचनको मिति तोक्न ढिलाइ भए त्यसले जनतामा दुविधा र शङ्का उब्जाउँछ, त्यसैले दलहरुबीच सहमति गरी चाँडै समाधान निकाल्नुपर्छ ।

दलहरुबीच जति विवाद भएपनि अन्ततः देश चुनावमा जाने बताउँदै उनले नेपाली काँग्रेसको सम्पूर्ण प्रयास संविधानसभाको निर्वाचन गराउन केन्द्रित छ भने ।

पार्टीले निर्वाचनको वातावरण बनाउन दिएको जिम्मामुताविक आफू सप्तरी आएको बताउने प्रचार विभाग प्रमुखसमेत रहेका डा. रिजालले मधेसी जनताको आकाङ्क्षाअनुसार काँग्रेसले मधेस र मधेसीको गुनासो सम्बोधन गर्ने दाबी गरे ।

प्रकाशित मिति: June 10, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडित...

मुख्यमन्त्रीको भागबन्डा पर्सी टुंगि...

वाम गठबन्धनको ५ सिट लत्याउँदै मधेसव...

एमालेले टुंग्यायो सबै उम्मेदवारको न...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |