के-के भयो हनुमान ढोकामा, को-को छन् जेलमा !
असार ७ । अनलाइन पत्रिकामा सामग्री लेखेको विषयलाई लिएर केही पत्रकारहरुलाई प्रहरीले पक्राउ गरी हनुमान ढोका पुर्याएपछि अहिले यसले नेपाली अनलाइन पत्रकारितालाई झस्काईदिएको छ ।
विश्वमा अनलाइन पत्रकारिता निक्कै माथि उठिसकेको भए पनि नेपालमा भने अनलाइन पत्रिकामा समाचार लेखेकै भरमा अहिले केही पत्रकारहरु हनुमान ढोकाको जेलमा छन् ।
नेपाल पत्रकार महासंघ गोर्खा एफएमका अध्यक्ष तथा संसदीय मामिला सम्बन्धि पत्रकारहरुको संगठनका महासचिव समेत रहेका पत्रकार सुशिल पन्त तथा नेपाली हेडलाइन्स डटकमका सञ्चालक सन्तोष भट्टराई लगायतलाई प्रहरीले समाचार लेखेकै भरमा पक्राउ गरेको हो ।
यसअघि उक्त अनलाइनमा प्रकाशित डिल्लिबजारस्थित कन्या क्याम्पसको शौचालयमा दुई वटा भान्टा भेटिएको भन्ने समाचारको विषयलाई लिएर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त समाचारले आफ्नो कलेजको प्रतिष्ठामा आच आएको तथा कलेजको अपमान तथा चरित्र हत्या भएको भन्दै कलेजले प्रहरीमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त समाचारमा एक महिलाको भनाई उदृत गर्दै नाम गोप्य राखेर उक्त समाचार दिइएको थियो । जुन समाचारमा भान्टा महिलाहरुले यौन सन्तुष्टिका लागि प्रयोग गर्ने गरेको भन्ने तवरबट दिइएको थियो ।
पक्राउ पछि के भयो त ?
पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेपछि प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की तथा नेपाल पत्रकार महासंघका सचिव जगत नेपाल लगायतको टोली हनुमान ढोका पुगेर उक्त विषयको जानकारी लिएको छ । सो क्रममा उक्त टोलिले हनुमान ढोकाका एसएसपी सुवोध घिमिरे, विजयलाल कायस्थ, एसपी प्रदयुम्न कार्कीलाई छुट्टाछुट्टै भेटेर पत्रकार पक्राउमा प्रहरीले भन्दा पनि प्रेस काउन्सिल कारबाही गर्ने व्यवस्था रहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा प्रहरी अधिकारीहरुले उनीहरुलाई पत्रकार भनेर नचिनेको र नक्कली आइडी खोलेर भ्रामक समाचार दिएको भन्ने भएर पक्राउ गरेको बताएका थिए । टोलिले भने पत्रकारलाई कारबाही गर्ने प्रेस कानुन भएको र प्रहरीले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्न नहुने बताएको थियो ।
सो क्रममा प्रहरी अधिकारीहरुले प्रेस काउन्सिलले के के कारबाही गर्न सक्छ भनेर जिज्ञासा राखेका थिए भने त्यसबारे प्रेस काउन्सिलका अध्यक्षले कानुनी प्रक्रिया तथा अवस्थाबारे खुलाएका थिए ।
भेटमा टोलिले कलेजका प्रिन्सिपल तथा पीडित पक्षलाई प्रेस काउन्सिलसम्म पठाईदिन आग्रह समेत गरेका थिए ।
को को छन् त जेलमा ?
हनुमान ढोकास्थित अपराध महाशाखा अन्तर्गत साइबर क्राइम विभागमा दिनहुँ फेसबुककै विषयलाई लिएर मात्रै ५ देखि १० जनासम्म आउने गरेको शाखाको भनाई छ । त्यसो त फेसबुकमा मनलाग्दी लेख्नेदेखि लाइक सेयर गर्ने कति त जेलमा छन् भने साना तिना घटनाका भने आउने जाने गरिरहेका हुन्छन् ।
त्यसका अलवा समाचार लेखेको भरमा भने नेपाली हेडलाइनका सुशिल पन्त, सञ्चालक सन्तोष भट्टराई रहेका छन् । त्यस्तै उक्त अनलाइनबाट कपी गरेर समाचार आफ्नो पनि अनलाइनमा राखेको स्वीकार्ने एक्ट्राखबरका पुष्कर कँडेल पनि अहिले हनुमान ढोका छन् ।
त्यसैगरी, खबरमज्जामा विजय केसी र अजय पौडेल पनि अहिले हनुमान ढोका रहेका छन् । उनीहरु पनि समाचार लेखेकै भरमा हनुमान ढोका पुगेका भए पनि कन्या क्याम्पसका विषयमा भने होइन ।
यसका अलवा फेसबुक लगायत सामाजिक सञ्जाल तथा इन्टरनेटका माध्यमबाट अपराधजन्य काम गर्नेको ठूलै भीड हनुमान ढोका रहेको छ । त्यस्ता काम गर्ने कसैलाई पनि नछाड्ने र कानुन अनुसार कारबाही हुने प्रहरी बताउँछ ।
के छ त कारबाहीको व्यवस्था ?
यसरी इन्टरनेटसँग सम्बन्धित भएर पक्राउ पर्नेहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ कारबाही हुनेछ । ऐनको दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई कारबाहीको व्यवस्था छ ।
ऐनमा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
तर अनलाइन पत्रकारितालाई उक्त ऐनले कुण्ठित पार्ने भन्दै अनलाइन पत्रकारिता जतग भने छुट्टै छापाखाना तथा प्रकाशन ऐन जस्तै कानुनको माग गर्दै आन्दोलित छ ।
प्रेस काउन्सिलको काम चै के ?
बेलामा निति नियम नबनाउने, अनलाइनसम्बन्धि ऐन कानुन नबनाउने अर्थात बनाउन पहल नगर्ने या त गरे पनि वर्षौसम्म पनि गरिरहे जस्तै मात्रै गर्ने प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघको टोली भने पत्रकार पक्राउपछि झस्किएको छ ।
यतिसम्म की टोली हनुमान ढोका पुगेर पत्रकारलाई छुटाउन पहल थालेको छ । आचारसंहिताको उल्लघन गरे कारबाही गर्ने तथा मिडियाको विकास तथा वर्गीकरणमा काम गर्ने प्रेस काउन्सिल तथा पत्रकारहरुको हकहितका लागि भनिएको संस्था नेपाल पत्रकार महासंघले कुनै व्यक्ति विशेषलाई छुटाउन हनुमान ढोका गएर देउसी खेल्नु ले तत्कालको समस्या समाधन हुने बाहेक अरु हुनेवाला देखिदैन । बरु अब चाँडो भन्दा चाँडो ऐन बनाएर यो क्षेत्रलाई नै व्यवसायिक बनाउनतिर पो लाग्ने कि ?

प्रकाशित मिति:
June 22, 2013