वीर अस्पतालको शैयाका जनकविकेशरी
असार ८ ।
‘ह ह माले ह ह’ बोलका गीतहरु जब बज्छन् त्यतिबेला जनकविकेशरी धर्मराज थापालाई नसम्झने सायद कोही पनि नहोला । तर उनै जनकविकेशरी थापा भने अहिले वीर हस्पिटलको शैयामा छन् ।
केही दिन अघि उनलाई भेट्न नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, पोलिटब्यूरो सदस्य पम्फा भुसाल तथा केन्द्रिय सदस्य महेश्वर दाहाल वीर अस्पतालको सघन उपचार कक्षमा पुग्दा थापा शैयामा थिए ।
उनी बिरामी भएर थलिए पनि अनुसार भने उज्यालो नै देखिन्थ्यो । बिरामले सिकिस्त नै भए पनि बेला बेला अनुहारमा मुस्कुन बगिरहेको थियो । तर उनी बोल्न भने सक्दैन थिए ।
उनलाई भेट्न किरण, पम्फा नै पुगेपछि उनले पनि केही समयपछि चिनेछन् क्यारे । खुबै खुसी देखिन्थे ।
शैयामा रहेका उनलाई पम्फा भुसालले किरण तिर चिनाउँदै भनिन् । उहाँ चैतन्य क्या । चैतन्य नामबाट लेख्नुहुन्छ नि । उनले पनि चिनेछन् अनुहारमा मुस्कान दिए । बोल्न सक्ने भए, हो त नि । म चिनिजान्छु नि भन्थे होलान ।
केही समय आफन्तसँग भेटघाट, त्यहीँ नै गफगाफ तथा चिकित्सकसँग उनका बारे जानकारी लिने काम भयो । जाने बेलामा नमस्कार गर्दा भने उनले किरणका हात समातेँ । पालो पम्झा भुसालको नमस्कार गर्दै बिदा माग्ने आयो- उनले पम्झा भुसालको पनि हात समाते । जाने भ एभनेर होला । अनुहार अलिक बिगारे । त्यसपछि आँखाका खुसी छर्दै उनले बिदाईको संकेत गरे ।
हो उनै जनककविकेशरी थापा गत जेठ २९ गते वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना भई उपचार गराइरहेका छन् । थापाको मुटुको धड्कनमा समस्या छ । उनका जेठा छोरा मदनराज थापाले हेलोखबरलाई दिएको जानकारी अनुसार कहिले सञ्चो हुने त कहिले अलिक थपिने क्रम छ । घरमा ल्याएर पुनः हस्पिटल लैजानु पर्यो भने समस्या हुने भएकाले हस्पिटलमै राखेका छौँ उनले भने - 'आइतबारसम्म अलिक सन्चो भयो भने घरमा ल्याउनेछौँ ।'
थापा उच्च रक्तचाप, मधुमेह, मस्तिष्क पक्षाघातलगायत रोगबाट ग्रसित भई बोल्न नसक्ने अवस्थामा पुगेपछि वीरको सघन कक्षमा उपचार सुरु गरिएको थियो ।
उपचारका क्रममा उनको स्वास्थ्यमा धेरै प्रगति भई सामान्य खानपिन तथा कुरा गर्न थालेका छन् ।
विसं १९८१ साउन १ गते बाटुलेचौर पोखरामा जन्मेका थापाको ‘नरोऊ आमा तिम्रो आँसु पुछौँला’, ‘ह ह माले ह ह’लगायत गीत लोकप्रिय छन् । उनको उपचारमा डा मधुदेव भट्टराईको नेतृत्वमा चिकित्सकको समूह रहेको छ ।

प्रकाशित मिति:
June 22, 2013