हेलिकप्टर दुर्घटनाः १ को मृत्यु, ५ घाइते, ३ को अवस्था गम्भीर
अपडेट: असार ५ । फिस्टेल एयरको एउटा हेलिकप्टर हुम्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा हुम्ला टावरका प्रमुख टेकबहादुर तापली रहेका छन् । उनको उपचारका लागि ल्याउने क्रममा निधन भएको हो ।
यस्तै, दुर्घटनामा परी घाइते मध्ये हेलिकप्टरका पाइलट इटालियन डाभिडी, फिस्टेलका दिलक श्रेष्ठ र स्थानीय गोविन्द लामाको अवस्था गम्भीर रहेको र गोमा एयरका पाइलट एडी शेर्पा र प्रज्वल भट्टराई सामान्य घाइते भएको हुम्ला प्रहरीले जनाएको छ ।
घाइतेहरुको नेपालगञ्जबाट गएको फिल्टेलको अर्को हेलिकोप्टर उद्धार गरेको छ । उनीहरुलाई गम्भीर घाइतेलाई एक पटक र अर्को पटक दुई जनालाई गरेर उद्धार गरिएको थियो ।
हुम्लाको तिब्बती सीमा हिल्साबाट सदरमुकाम सिमिकोटका लागि उडेको फिस्टेल एयरको उक्त हेलिकप्टर आज अपराह्न ४ बजेर ४५ मिनेट जाँदा मुचु गाविस-६ को तुम्कोटमा दुर्घटना भएको थियो ।
यसअघि त्यहाँ उद्धारका लागि सदरमुकामबाट गएको टोलि नदी तर्न नसकेर रोकिएको थियो भने अर्को तिरबाट पनि उद्धारका लागि अर्को टोलि पठाइएको थियो ।
त्यसैगरी, उद्धारका लागि नेपालगन्जबाट अर्को हेलिकप्टर पठाएर उनीहरुको उद्धार गरिएको थियो ।
हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । हेलिकप्टरमा समस्या आएर अवतरण गर्ने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ । त्यसो त कसैले मौसम खराबीका कारण पनि दुर्घटना भएको हुनसक्ने अनुमान समेत गरेका छन् ।
तर हेलिकप्टर कर्णली नदीको बगरमा दुर्घटना भएकाले हेलिकप्टरमा केही समस्या आएर आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
June 19, 2013