अमेरिकाले महिनामा १५ सयको फेसबुक डाटा मागेको फेसबुकको खुलासा
असार ५ । पछिल्लो समय निक्कै लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकमा प्रयोग हुने व्यक्तिगत विवरण (डाटा) सबै भन्दा बढी अमेरिकाले माग्ने गरेको फेसबुकले खुलाएको छ ।
अमेरिकी सरकारका विभिन्न निकायबाट हरेक महिना औसतमा १५ सय जना प्रयोगकर्ताको डाटा माग हुने गरेको फेसबुकले जनाएको हो ।
अमेरिकी गुप्तचर संस्थाले ईन्टरनेट सेवा प्रदायकबाट प्रयोगकर्ताका सबै डाटा लिने गरेको सार्वजनिक भएपछि फेसबुकले यस्तो बताएको हो ।
बेपत्ता बालबालिका, फरार अभियुक्त, सानातिना आपराधिक गतिविधि र आतंकवादी आक्रमणको खतरासँग सम्बन्धित घटनाको अनुसन्धानका लागि सूचना माग हुने गरेको फेसबुकले जनाएको छ ।
अमेरिकी संस्थाले माग गरे अनुसार डाटा दिए, नदिएको भन्नेबारे नखुलाइएको भएपनि फेसबुकले आफ्ना प्रयोगकर्ताबारेको सम्पूर्ण जानकारी र गोपनियताको पूर्ण सुरक्षा गरेको दावी भने गरेको छ ।

प्रकाशित मिति:
June 19, 2013