भारतीय क्रिकेट टिमका कप्तान धोनीको दैनिक आम्दानी ५० लाख

फोर्स पत्रिकाका अनुसार आम्दानीका हिसाबले धोनी विश्वमा १६ स्थानका खेलाडी हुन् । र उनको दैनिक आम्दानी ५० लाख रहेको छ ।
यसअघि अघिल्लो साल भने धोनी ३१ औ स्थानमा रहेका थिए ।
तिनै धोनीले पछिल्लो वर्ष एक अर्ब ७९ करोड भारतीय रुपैयाँ आम्दानी गरेको पत्रिकाले उल्लेख गरेको छ ।
तर फोर्सको पहिलो नम्बरमा रहेका गल्फर टाइगर उड्सले भने गएको वर्ष ७८.१ मिलियन डलर आम्दानी गरेका छन् ।
त्यस्तै दोस्रो स्थानमा ७१.५ मिलियन डलर सहित टेनिस स्टार रोजर फेडेडर, तेस्रो स्थानमा बास्केटबलका अमेरिकी खेलाडी कोबी ब्रायन्ट ६१.९ मिलियन डलर सहित रहेका छन् ।
प्रकाशित मिति:
June 08, 2013