सरकारको पत्र चित्त बुझेन भनेर वैद्य नेतृत्वले सरकारलाई पत्र लेख्ने

वार्ताका लागि सरकारले पठाएको चिठी चित्तबुझ्दो नभएको भन्दै सरकालाई जवाफी पत्र पठाउने निर्णय आज नेकपा माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले गरेको हो ।
सरकारसँग वार्ताका लागि टोलीसमेत बनाइसकेको अवस्थामा सरकारले सर्त राखेको भन्दै उनीहरु सरकारले बोलाएको वार्तामा सहभागी भएका छैनन् ।
सरकार र चार दलले वार्ताका लागि पठाएको पत्र चित्तबुझ्दो नभएको र चुनावका लागि शर्त राखिएको भन्दै मोर्चाले सरकारसँग तत्काल वार्तामा नबस्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति:
July 30, 2013