'तिम्रो कसम' आजको ठीक १० दिन पछि
साउन १५ । पारीवारिक प्रेम कथामा आधारित नेपाली कथानक चलचित्र तिम्रो कसम आजको ठीक १० दिन पछि हलहरुमा लाग्ने भएको छ ।
सुभाष मेचे, दिनेश डिसी, पूजना प्रधान, सुनील थापा, शशी खड्का, ममता प्रधान, अमिर गिरी, दिलिप आचार्य लगायतको अभिनय गरेको उक्त चलचित्र साउन २५ देखि हलहरुमा लाग्ने भएको हो ।
तिम्रो कसम चलचित्र नारी भावनात्मकको कथालाई समेटिएर बनाइएको निर्माण पक्षको भनाई छ ।
दीपक श्रेष्ठको प्रस्तुति रहेको यस चलचित्रलाई दिनेशराज शर्माले निर्देशन गरेका छन् । चलचित्रमा संगीत विकास चौधरीले दिएका छन् भने द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्
प्रकाशित मिति:
July 30, 2013