• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ९३ किलो चरेससहित दुई पक्राउ
९३ किलो चरेससहित दुई पक्राउ

असार ३१ । जिल्लाको विभिन्न स्थानबाट प्रहरीले आज बिहान ९३ किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्साको तुल्सीबरवा–३ मा पर्ने सिक्टा खोला तिरबाट बेवारिसे अवस्थामा ८१ किलो र वीरगन्जको श्रीपुरबाट १२ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सीमा बेसक्याम भिस्वाबाट खटेको सशस्त्र प्रहरी टोलीले नियमित गस्तीको क्रममा बेवारिसे अवस्थामा ८१ किलो चरेस बरामद गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

नेपालबाट भारततर्फ लैजान लागिएको चरेस सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा कारोबारीले खोलाको तिरमा फ्याँकी फरार भएको निरीक्षक पाण्डेले बताए ।

त्यस्तै ग्रामीण भेगबाट खरिद गरिएको लागुऔषध शरीरमा लुकाइछिपाई वीरगन्ज भित्र्याउने क्रममा विशेष सुराकीको आधारमा अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको टोलीले श्रीपुरबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

देवरबाना–२ निवासी रुसमहम्द अन्सारी र श्रीपुर निवासी जोगीलाल साहलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्र्चाज प्रहरी निरीक्षक गणेश चन्दले जानकारी दिए ।

चरेससहित पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दै निरीक्षक चन्दले अन्सरी र साहबाट २५ पेकेट चरेस बरामद गरिएको बताए । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |