आजदेखि दैनिक ५ घण्टा मात्रै लोडसेडिङ (तालिकासहित)
असार १९ । आजदेखि दैनिक ५ घण्टा लोडसेडिङ हुने गरि नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ ।
पानीको वाहाब बढ्दै गएपछि प्राधिकरणले लोडसेडिङको समयावधि परिवर्तन गरेको हो ।
नयाँ परिवर्तित तालिका अनुसार अब सातामा सरदर ३५ घण्टा विद्युत कटौती हुनेछ । बुधबारदेखि सातामा दुई दिन साँढे ५ घण्टा, दुई दिन ५ घण्टा र तीन दिन साँढे ४ घण्टा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति:
July 03, 2013