काठमाडौँबाट जनकपुर जाँदै गरेको बस दुर्घटना, १७ घाइते
ना ३ ख ६०५५ नम्ब।र यात्रुबस हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा आज बिहान २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा १७ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चितवनको शिक्षण अस्पतालमा उपचार भइरहेको र तीन जना यात्रु भने हेटौँडा अस्पतालमा सामान्य उपचार गराई घर फर्किएको बताइएको छ ।
दुर्घटना हुन साथ बसका चालक र सहचालक भने फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी कार्य भईरहेको बताएको छ ।
प्रकाशित मिति:
July 03, 2013