पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई रिहाको माग गर्दै इजिप्टमा प्रदर्शन
साउन ९। हालै सैनिकद्वारा अपदस्थ गरिएका इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई रिहा गर्नका लागि इजिप्टको नयाँ नेतृत्वका सामु ठूलो दबाब उत्पन्न भएको छ ।
सेनाले अपदस्थ गरेपछि उहाँको दलका कार्यकर्ताहरूले राजधानीलगायतका स्थानमा व्यापक मात्रामा प्रदर्शन गरिरेहका छन् र पछिल्लो समयमा आएर उहाँको रिहाइका लागि सो दबाब दिन थालिएको छ ।
गत सोमबारदेखि मोर्सीको दल मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले मोर्सीको रिहाइका लागि माग गर्दै प्रदर्शन गर्न थालेका हुन् । सो प्रदर्शनका क्रममा मङ्गलबार १३ जनाको ज्यान गएको छ । साथै उक्त प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा अन्तर्राष्ट्रिय दबाब पनि बढ्न थालेको छ । विश्वका विभिन्न देशले इजिप्टमा पनि हालैका दिनमा हिंसा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
उता इजिप्टको सेनाका विरुद्धमा मङ्गलबार नै इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीका परिवारका सदस्यहरुले मुद्दा दिएका छन् । उनीहरुले मोर्सीको रिहाइका लागि सेनाका विरुद्ध मुद्दा दिएका हुन् ।
उनीहरुले सेनाले संविधान सभाबाट निर्वाचित पूर्व राष्ट्रपतिलाई अपहरण गरेको भन्दै सरकारसमक्ष उजुरी दिएका छन् । मोर्सीको दलले गर्दै आएको सो आन्दोलन नियन्त्रणको प्रयास सेनाले गर्दैआएको छ ।
सो दलले इजिप्टमा हाल सैनिक ‘कु’ भएको बताएको छ । निर्वाचनबाट निर्वाचित राष्ट्रपतिलाई हटाउनु गैरकानुनी भएको भन्दै उहाँको पुनःस्थापनाको माग पनि सो दलले गरेको छ ।
हाल त्यहाँका प्रधानन्यायाधीशलाई अन्तरिम राष्ट्रपतिको जिम्मा दिइएको छ । इजिप्टका अन्तरिम राष्ट्रपतिले यो पछिल्लो समाधानको उपायस्वरूप निर्वाचनको घोषणा गरेको भए पनि विपक्षी दलका कार्यकर्ताहरूले प्रदर्शन गर्न भने छोडेका छैनन् ।

प्रकाशित मिति:
July 24, 2013