अफगानिस्तानमा आत्मघाती आक्रमण, ४ नेपालीसहित ७ को मृत्यु
असार १८ । अफगानिस्तानको राजधानी काबुलस्थित नेटो सेनालाई सामान उपलब्ध गराउने फर्ममा तालिवानी आत्मघाती आक्रमण हुँदा ४ नेपालीसहित ७ जनाको ज्यान गएको छ ।
समाचार संस्था एएफपीका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक अफगानी गार्ड र दुई अफगानी सर्वसाधारण रहेका छन् ।
नेपाली समय अनुसार विहान पौने ६ बजे विष्फोटक पदार्थले भरिएको गाडी उक्त फर्ममा विष्फोट गराइएको थियो ।
विष्फोट लगत्तै अरु दुई जना आक्रमणकारीसँगको गोली हानाहानमा चार जना नेपाली सुरक्षा गार्डको ज्यान गएको प्रहरी अधिकारीको भनाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुलाइएको छैन ।
प्रकाशित मिति:
July 02, 2013