• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » डन भनिने गुण्डा नाइके गणेश लामा जेल चलान
डन भनिने गुण्डा नाइके गणेश लामा जेल चलान

साउन ३ । विशेष अदालतले  डन भनिने गुण्डा नाइके गणेश लामालाई ३ करोड धरौटी माग गरेकोमा उक्त धरौटी उनले नतिरेपछि जेल चलान भएका छन् ।

सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले लामासँग २ दिन बयान लिएर ३ करोड धरौटी माग गरेको थियो ।


 फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ ।

लामाले आज कार्यालय समयभित्र धरौटी जम्मा गर्न नल्याएपछि डिल्लीबजार सदरखोर चलान गरिएको हो ।


अदालतमा दिएको बयानका क्रममा लामाले आफ्नो सबै सम्पत्ति वैद्य भएको दावी गरेका थिए ।

त्यस्तै, जेल जानु अघि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग उनले आफू राजनीति गर्ने मान्छे भएको भन्दै आफूलाई फसाएको प्रतिक्रिया दिए ।

यसअघि, सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति कमाएको आरोपमा अदालतमा मुद्दा दायर गरेपछि बुधवार अदालतमा उपस्थित भएका लामासँग २ दिन बयान लिएको थियो । 

बहस नसकिएकाले लामालाई बुधबार प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको थियो । त्यसपछि बिहीबार अदालतले ३ करोड धरौटी माग गरेको थियो । धरौटी नतिर्दा उनी जेल पुगेका हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ गुण्डा नाइकेविरुद्ध मुद्धा दायर गरेको थियो । जस अन्तर्गत परशुराम बस्नेत २ करोड धरौटीमा छुटि सकेका छन् भने चक्रे मिलन जेलमा छन् । तर दिपक मनाङ्गे र अभिशेक गिरीको मुद्दामा सुनुवाई भने हुन बाँकी छ ।



प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |