• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » मलालालाई गोली हान्ने तालिवानीले भने- 'तिमी पाकिस्तान फर्क मलाला र विद्यालयमा भर्ना होउ'
मलालालाई गोली हान्ने तालिवानीले भने- 'तिमी पाकिस्तान फर्क मलाला र विद्यालयमा भर्ना होउ'

साउन ३ । पाकिस्तानी किशोरी मलाला युसफजार्इ यसअघि तालिवानीहरुले टाउकोमा गोली हानेका थिए । उनी उपचारपछि अहिले स्वस्थ भईसकेकी छिन् ।

पाकिस्तान बाहिर रहेकी उनलाई तालिबान कमान्डर अदनाम रिसदले भने पत्र लेख्दै पाकिस्तान फर्कन आग्रह गरेका छन् ।
पत्रमा मलालालाई पाकिस्तान फर्कन आग्रह गर्दै पाकिस्तान फर्केर मद्रासामा बस्न, इस्लाम संस्कृतिमा रहन, अल्लाहको किताब पढ्न तथा इस्लाम धर्मको प्रचार-प्रसारका लागि आफ्नो कलम चलाउन आग्रह गरिएको छ ।

रसिदले आफुहरूले मलालालाई तालिवानी विरूद्धको कार्यक्रममा भाग लिएको कारण उनमाथी आक्रमण गरेको दावी गरेका छन् ।

तालिवानीले तिमीलाई स्कुल गएको र शिक्षामा रूची राखेको कारण कहिल्यै पनि आक्रमण गर्ने थिएनन् ।

आफूहरू शिक्षा लिन खोज्ने महिला पुरूष तथा बालबालिकालाई शिक्षा दिने विषयको विरोधी नभएको विचार गरिदिन समेत रसिदले आग्रह गरेका छन् ।

उनले आफू जेलमा हुँदा चिठी लेख्‍न खोजे पनि ठेगना थाहा नभएकाले लेख्‍न नसकेको बताएका छन्। 'म जेलमा हुँदा तिमीलाई तालिबानीविरुद्धका कार्यहरु नगर्न चिठी लेख्‍न चाहेको थिएँ', उनले लखेका छन्, 'तर तिम्रो ठेगना पत्ता लगाउन सकिनँ।'

गत वर्ष उनलाई तालिबानले आक्रमण गरेको थियो। टाउकोमा गोली लागेका उनी १०औं दिनको कोमापछि होसमा आएकी थिइन्। उनलाई लन्डनको क्विन एलिजाबेथ अस्पतालमा उपचार गरिएको थियो।

अमेरिकामा हालै सम्पन्न संयुक्त राष्ट्र संघको कार्यक्रममा १६ औं जन्मदिन मनाउन पुगेका मलालाको मन्तब्य सुनेर सहभागी सबै स्तब्ध बनेकी थिइन्। उनले आफू शिक्षाबाट वञ्चित आम बालबालिका तथा किशोरीहरुका लागि काम गर्ने बताएकी थिइन्। त्यसका अगाडि तालिबानीको आक्रमण केही नभएको उनले उल्लेख गरेकी थिइन्।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |