दैनिक ११ नेपालीले गर्छन् आत्महत्या
साउन १३ । आत्महत्याको घटनानेपालमा डरलाग्दो रूपमा बढ्न थालेको देखिएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०६९ ७० मा देशभर तीन हजार नौ सय ७४ जनाले आत्महत्या गरेको रेकर्ड रहेको छ । । यो तथ्यांकले एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने प्रहरी अधिकारी भनाइ छ । अझ कतिपय घटना प्रहरीसम्म नआइपुग्ने भएकाले यो संख्या अझ बढि हुन सक्ने बताइएको छ ।
०६९\७० मा आत्महत्याको दर अघिल्लो वर्षकै हाराहारीमा छ । ०६८\६९ मा तीन हजार नौ सय ७७ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्याका धेरै घटना पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा भएका छन् । गत वर्ष पूर्वाञ्चलमा आठ सय ७१ जना तथा पश्चिमाञ्चलमा आठ सय ७४ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा चार सय चारजनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । काठमाडौंमा आत्महत्याका घटना बढ्दै गएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरे बताउँछन् । प्रहरीका अनुसार काठमाडौंमा एकैदिन तीन–चारजनासम्मले आत्महत्या गर्ने गरेका छन् ।
प्रहरीको विवरणमा धेरैले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । गत वर्ष आत्महत्या गरेका तीन हजार नौ सय ७७ जनामध्ये दुई हजार पाँच सय चारजनाले झुन्डिएर आत्महत्या गरेका छन् । त्यस्तै, एक हजार तीन सय ३४ जनाले विष खाएर, ५७ जनाले हामफालेर, ३३ जनाले आगो लगाएर, हातहतियारको प्रयोगबाट २७, डुबेर १९ तथा तीनजनाले शरीरमा करेन्ट लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आत्महत्या गर्नेमध्ये धेरै ३० भन्दा कम उमेरका छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति:
July 28, 2013